Friday, October 20, 2006

यो पनि पढौ

यो पनि पढौ


विश्वको आठौँ आर्श्चर्यः ल्हासा रेल

१३०० वर्षघि तिब्बतका एक राजालाई चीनको मध्यक्षेत्रबाट विवाह गरेर आफ्नो दरबारमा बेहुली ल्याइपुर्‍याउन तीन वर्षो समय लागेको थियो अरे अहिले यो दूरी ४८ घण्टाभन्दा कम समयमै पूरा हुन्छ, त्यो पनि रेलबाट । आर्थिक प्रगतिमा विश्वलाई चकित बनाइरहेको चीनका लागि पश्चिमी क्षेत्र विशेषगरी तिब्बत बढी टाउको दुखाइको विषय बनेको छ । यो टाउको दुखाइ आर्थिक विकासको दृष्टिकोणले त्यस क्षेत्रको पछौटेपन हो । राजधानी बेइजिङबाट ४,०६४ किमि टाढा रहेको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा जोड्नलाई हवाइसेवा र राजमार्ग नबनेका होइनन् तर लामो दूरीका कारण यो अत्यन्तै महँगो थियो । ल्हासामा बस/ट्रकबाट ढुवानी गरिएको सिमेन्ट र कोइलाको भाउ चीनको औसत मूल्यभन्दा चार गुना बढी पर्छ । चीनको मुख्य भूमिबाट यहाँ ल्याइएका सामानको भाउमा ७५ प्रतिशत ढुवानी खर्च नै जोडिने गरेको छ । स्वशासित क्षेत्र तिब्बतलाई यो दर्ुदशाबाट मुक्त गर्न चीन सरकारले दसौँ योजना काल -२००१-२००५) मा विशेष कार्यक्रमहरू ल्याएको थियो जसमा थ्री गर्ज डाम जलविद्युत् परियोजना, किनर्घाई-तिब्बत रेलमार्ग, तेलको पाइप र सञ्चारको विकासका लागि अप्टिकल फाइबर बिछ्याउने कार्य प्रमुखरूपमा पर्छन् र यी सबै योजना पूरा भइसकेका छन् । किनर्घाई-तिब्बत रेलमार्ग चीनको मध्यक्षेत्रतिर पर्ने किनर्घाई प्रान्तको गोलमुड सहरदेखि ल्हासासम्म जोड्ने यो १,१४२ किमि -७०८ माइल) लामो रेलमार्ग यसै वर्षो जूलाई १ मा उद्घाटन गरियो । ४.२ अर्ब डलर खर्च लागेको यो रेलमार्गको निर्माण कार्य सम्पन्न गर्नका लागि करिब पाँच वर्षलागेको थियो । गोलमुड-ल्हासाको खण्ड जुन २९, २००१ मा निर्माण सुरु भएको थियो र जूलाई १, २००६ उद्घाटन सम्पन्न भयो । यो रेलमार्गलाई 'इन्जिनियरिङ चमत्कार'का रूपमा पनि हेरिने गरिएको..........................


Visit here for full news..
http://gorkhapatra.org.np/mag.php?p=yubamanch/2063/06/inner/inner11
(From Yubamunch)

2 Comments:

At 2:01 AM, Blogger Raj Shrestha said...

ल्हासा मा सुन छ कान मेरो बुचै भने झै जहाँ रेल गूडे पनि क भो र!!!!!

 
At 4:45 AM, Blogger Raj Shrestha said...

lala gudaunus rel palo tapaiko aba!!!

 

Post a Comment

<< Home