Saturday, November 25, 2006

यो पनि पढौं ।

यो पनि पढौं ।


बिनापारिश्रमिक तीन वर्षदेखि ट्राफिक सेवा

उनी तीन वर्षदेखि ठमेल-गोंगबुु मार्गमा ट्राफिक व्यवस्थापन गर्दै आएकी छन् । दिनहँुु कुुर्ता-सुुरुवालमा सिटी फुुक्ने राधा पुुरीको उपस्थितिका कारण यस मार्गको सवारी आवागमन निकै सहज बनेको छ । पाँच सन्तानकी आमा पुुरी पारिश्रमिकबिना घरेलुु काम तथा छोराछोरी रेखदेखसमेत पतिको जिम्मा लगाएर तीन वर्षदेखि उपत्यकाभित्रको व्यस्त मानिने उक्त सडक खण्डमा ट्राफिक व्यवस्थापन गर्दै आएकी हुुन् । कीर्तिपुुर स्थायी घर भएकी ३८ वषर्ीय पुुरी श्रीमान्सँगै लैनचौर कपुुरधारामा डेरा लिएर बस्दै आएकी छन् । उनका श्रीमान् भूतपूर्व प्रहरी हुुन् । लैनचौर चोकमा हरेक दिन बिहान ९ बजेदेखि साँझसम्म सिटी फुुक्दै उनी व्यस्त बाटो खुुलाउन तल्लिन रहन्छिन् । लाजिम्पाट, रत्नपार्क, चक्रपथ र गोंगबुु जाने धेरै सवारीसाधन यही सडक प्रयोग गर्छन् । ट्राफिक व्यवस्थापनको जिम्मा सम्हालेबापत उनलाई कसैले पारिश्रमिक दिने गरेको छैन । 'राधा दिदीको काम बसीबसी खान पल्केकाका लागि गतिलो उदाहरण बनेको छ,' स्थानीय शिक्षक प्रमोद बन्जराले भने । यही खण्डबाट भारतीय र बेलायती दूतावास जाने एकतर्फी बाटो पर्छ । साँघुुरो बाटो भएकाले कार्यालय र विद्यालय खुुल्ने र छुुट्ने समयमा यो बाटोमा ट्राफिक जाम हुुने गर्छ ।
source : www.ekantipur.com

0 Comments:

Post a Comment

<< Home