Monday, December 04, 2006

सन्दर्भ फेरी पनि सडकको


हिजो (२०६३-८-१८ गते)करिब पाँच बजे तिर म महेन्द्र रत्न क्याम्पस ताहाचल तिर बाट जाँदै थिएँ । परै बाट पुलिसको हुल देखियो,अली गाडीहरुको जाम पनि थियो । सोचेँ त्यही शिक्षक स्थायी प्रकृयाको आन्दोलन होला । नजिक पुग्दा त एउटा गाडी जलेर सिद्दिएको अवस्थामा रहेछ । पत्रकारहरु गाडी नम्बर हेर्दै थिएँ भने कोही झिलिक झिलिक गर्दै फोटो खिच्दै थिएँ । बाटो भरि ढुङ्गा इटाहरुको टुक्रा छरिएको अवस्थामा थियो । लोकतन्त्र आए पछि धेरै कुराहरुको परिवर्तन भयो, धेरै चिजबिजहरु तह लागे तर यो आन्दोलन गर्ने शैलीमा चाँही परिवर्तन आएन । सधैं सडक अबरुद्ध पर्ने, जनतालाई दुख दिने, जनताको धन सम्पत्तिमा क्षती गर्ने लगायतका काम हरु अब बन्द हुनु पर्छ । आन्दोलन गर्ने तरिकाहरु फेरिनु पर्छ । किनकी शान्ति र सुबिधा सबैलाई चाहिन्छ । कुनै एक जमातले अर्को जमातलाई दुख दिन पाइदैन जस्तो लाग्छ मलाई त । के अब पनि येस् बारेमा सोच्ने बेला आएको छैन र?
र अर्को कुरा यो आन्दोलन अस्थायि शिक्षक स्थायी गर्ने सरकारी निर्णय वीरुध्ह थियो । एस्तो निर्णय गर्दा भोली के कस्ता अफ्ठ्याराहरु आउन सक्छन, तेसबारे पहिले नै बिचार पुर्याउनु पर्छ जस्तो लाग्छ। जो सडक म उभियो उसैको पक्षमा निर्णय गर्दै जाने हो भने एस्ता आन्दोलन हरु हुँदै जान्छन । तसर्थ बिचार गरेर निर्णय गर्नु पर्छ जस्तो लाग्छ । र निर्णय गर्नु पूर्व त्यसका प्रतिकृया र असरहरुको बारेमा पनि बिचार गर्ने होकी ।



Photo from : www.nepalnews.com

1 Comments:

At 6:01 AM, Anonymous Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

 

Post a Comment

<< Home