Wednesday, November 15, 2006

सन्दर्भ सडकको


सन्दर्भ सडकको

हुन त ट्राफिक समस्या नेपालको पुरानो रोग हो । सवारी साधन चलाऊने महानुभावले ट्राफिक नियमहरुको उलनघन गरेको हामीले देख्न पाउछौ । कतै कतै त ट्राफिक पुलिस सँग झगडा परेको , भनाभन गरेको देख्न सक्छौ । तर पनि मानिसमा एकप्रकारको डर चाँही थियो ।तर लोकतन्त्र पस्चात हाल ट्राफिक नियमहरु धेरै नै उलनघन गरेको देखिन्छ सवारी चालकबाट । यो नराम्रो कुरा लाई सबैले मिलेर बुझ्नु पर्छ । अनि समाधान तिर लाग्नु पर्छ । ट्राफिक पुलिस हाम्रो सेवाको लागि हो भन्ने कुरा सबैले बुझे राम्रो । कोही ट्राफिक पुलिस बाट गल्ती भयो भन्दैमा सम्पूर्णलाई दोश दिनु उचित होइन जस्तो लाग्छ ।
हेर्नुस् फोटोमा दुई लेनको बाटोमा चार गाडी कसरी गूड्छ । अनि जाम त तेसै हुन्छ नि । यो गल्ती ट्राफिक पुलिस को कि चालक को ?

Monday, November 13, 2006

अब्यबस्थित शहरीकरण


अब्यबस्थित शहरीकरण


हेर्नुस् फोटोमा यो अब्यबस्थित शहरीकरणको एउटा नमुना मात्र हो । नेपालको धेरै जसो शहरमा यो समस्या बिद्यमान छ । फोटोमा मुलसडकको नजिकै पनि प्लान नगरिकनै घर हरु बनायको देखिन्छ । यसरि घर हरु बनाउदाँ पछि गयर धेरै समस्या आउने कुरा नकार्न सकिन्न ।त्यसैले बेलैमा सम्बन्धित निकायको ध्यान जानु पर्छ ।