Friday, October 20, 2006

लाग्यो तिहार मलाई पनि

लाग्यो तिहार मलाई पनि
सबै साथीहरुलाई शुभदीपावली को मेरो तर्फ बाट शुभकामना ।
छिटटै नै ब्लग अपडेट गर्ने छु । प्रतिक्षा गर्नु होला ।

यो पनि पढौ

यो पनि पढौ


विश्वको आठौँ आर्श्चर्यः ल्हासा रेल

१३०० वर्षघि तिब्बतका एक राजालाई चीनको मध्यक्षेत्रबाट विवाह गरेर आफ्नो दरबारमा बेहुली ल्याइपुर्‍याउन तीन वर्षो समय लागेको थियो अरे अहिले यो दूरी ४८ घण्टाभन्दा कम समयमै पूरा हुन्छ, त्यो पनि रेलबाट । आर्थिक प्रगतिमा विश्वलाई चकित बनाइरहेको चीनका लागि पश्चिमी क्षेत्र विशेषगरी तिब्बत बढी टाउको दुखाइको विषय बनेको छ । यो टाउको दुखाइ आर्थिक विकासको दृष्टिकोणले त्यस क्षेत्रको पछौटेपन हो । राजधानी बेइजिङबाट ४,०६४ किमि टाढा रहेको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा जोड्नलाई हवाइसेवा र राजमार्ग नबनेका होइनन् तर लामो दूरीका कारण यो अत्यन्तै महँगो थियो । ल्हासामा बस/ट्रकबाट ढुवानी गरिएको सिमेन्ट र कोइलाको भाउ चीनको औसत मूल्यभन्दा चार गुना बढी पर्छ । चीनको मुख्य भूमिबाट यहाँ ल्याइएका सामानको भाउमा ७५ प्रतिशत ढुवानी खर्च नै जोडिने गरेको छ । स्वशासित क्षेत्र तिब्बतलाई यो दर्ुदशाबाट मुक्त गर्न चीन सरकारले दसौँ योजना काल -२००१-२००५) मा विशेष कार्यक्रमहरू ल्याएको थियो जसमा थ्री गर्ज डाम जलविद्युत् परियोजना, किनर्घाई-तिब्बत रेलमार्ग, तेलको पाइप र सञ्चारको विकासका लागि अप्टिकल फाइबर बिछ्याउने कार्य प्रमुखरूपमा पर्छन् र यी सबै योजना पूरा भइसकेका छन् । किनर्घाई-तिब्बत रेलमार्ग चीनको मध्यक्षेत्रतिर पर्ने किनर्घाई प्रान्तको गोलमुड सहरदेखि ल्हासासम्म जोड्ने यो १,१४२ किमि -७०८ माइल) लामो रेलमार्ग यसै वर्षो जूलाई १ मा उद्घाटन गरियो । ४.२ अर्ब डलर खर्च लागेको यो रेलमार्गको निर्माण कार्य सम्पन्न गर्नका लागि करिब पाँच वर्षलागेको थियो । गोलमुड-ल्हासाको खण्ड जुन २९, २००१ मा निर्माण सुरु भएको थियो र जूलाई १, २००६ उद्घाटन सम्पन्न भयो । यो रेलमार्गलाई 'इन्जिनियरिङ चमत्कार'का रूपमा पनि हेरिने गरिएको..........................


Visit here for full news..
http://gorkhapatra.org.np/mag.php?p=yubamanch/2063/06/inner/inner11
(From Yubamunch)

राजधानीमा सयपत्री फूलको कमी

राजधानीमा सयपत्री फूलको कमी

लगभग शान्ति आएको बेलामा काठमाडौंमा सयपत्री फूलको कमी भएछ ।

काग तिहारकै दिनदेखि राजधानीका सडकपेटीका बारहरूमा बिक्रीका लागि सजाइने सयपत्री फूल यसपटक भने नगन्य मात्रामा देखिएको छ । फूल व्यापारीहरू सयपत्री फूल बजारमा नआएकाले व्यापक माग भइरहेको बताउँछन् । घरघरमा रौनक ल्याई दीपावलीलाई आकर्ष बनाउने यो फूल यसपटक भने स्थानीय उत्पादनमा देखा परेको समस्याका कारण बजार प्रभावित भएको हो । यमपञ्चक सुरु हुनासाथ बिक्रीका लागि राखिने सयपत्री .................

For full news..visit www.gorkhapatra.org.np dated(Kartik 3rd)

Wednesday, October 18, 2006

विचार


विचार
नेपालको शान्ति प्रकृयामा विदेशी चासोलाई तपाईंहरुले कसरी हेर्नु भएको छ? कृपया कमेन्ट् दिनु होला ।

Monday, October 16, 2006

तस्वीर आँफै बोल्छ ।


तस्वीर आँफै बोल्छ ।

फेरी त्यही



फेरी त्यही

यो नेपालाँ के हुन लाग्या हो । कहिले शान्ति आउलिन भनेर बस्या त फेरि बन्द र हड्ताल शुरु भयो । यो देशाँ केहि होला जस्तो चै छैन । तर पनि म चाहि आशावादि नै छु है । के छ तपाइँ को बिचार?

My first post

Hello plz visit this blog.