Saturday, November 25, 2006

यो पनि पढौं ।

यो पनि पढौं ।


बिनापारिश्रमिक तीन वर्षदेखि ट्राफिक सेवा

उनी तीन वर्षदेखि ठमेल-गोंगबुु मार्गमा ट्राफिक व्यवस्थापन गर्दै आएकी छन् । दिनहँुु कुुर्ता-सुुरुवालमा सिटी फुुक्ने राधा पुुरीको उपस्थितिका कारण यस मार्गको सवारी आवागमन निकै सहज बनेको छ । पाँच सन्तानकी आमा पुुरी पारिश्रमिकबिना घरेलुु काम तथा छोराछोरी रेखदेखसमेत पतिको जिम्मा लगाएर तीन वर्षदेखि उपत्यकाभित्रको व्यस्त मानिने उक्त सडक खण्डमा ट्राफिक व्यवस्थापन गर्दै आएकी हुुन् । कीर्तिपुुर स्थायी घर भएकी ३८ वषर्ीय पुुरी श्रीमान्सँगै लैनचौर कपुुरधारामा डेरा लिएर बस्दै आएकी छन् । उनका श्रीमान् भूतपूर्व प्रहरी हुुन् । लैनचौर चोकमा हरेक दिन बिहान ९ बजेदेखि साँझसम्म सिटी फुुक्दै उनी व्यस्त बाटो खुुलाउन तल्लिन रहन्छिन् । लाजिम्पाट, रत्नपार्क, चक्रपथ र गोंगबुु जाने धेरै सवारीसाधन यही सडक प्रयोग गर्छन् । ट्राफिक व्यवस्थापनको जिम्मा सम्हालेबापत उनलाई कसैले पारिश्रमिक दिने गरेको छैन । 'राधा दिदीको काम बसीबसी खान पल्केकाका लागि गतिलो उदाहरण बनेको छ,' स्थानीय शिक्षक प्रमोद बन्जराले भने । यही खण्डबाट भारतीय र बेलायती दूतावास जाने एकतर्फी बाटो पर्छ । साँघुुरो बाटो भएकाले कार्यालय र विद्यालय खुुल्ने र छुुट्ने समयमा यो बाटोमा ट्राफिक जाम हुुने गर्छ ।
source : www.ekantipur.com

Tuesday, November 21, 2006

शान्ति आईन् रे नि !!!


शान्ति आईन् रे नि !!!


झन्डै बाह्र बर्शदेखि हरायकि शान्तिलाइ खोज्ने धेरै प्रयासहरु गरिये तापनि भेत्न नसकियेको तर हिजो त फ्याटै फेला परिन् रे । शान्तिलाई खोज्ने क्रम मा धेरै ज्यान हरु गयो, धेरै धन सम्पतिहरुको विनास भयो । जनतालाई कस्ट भयो। तर पनि उनि आउन मानिनन्। तर केहि महिना अघि उनि आउन लागेको कुराको हल्ला हुन थाल्यो। सबै ले सन्तोश् को सास् फेरे , तर पनि उनिलाई हेर्ने आशा सबै मा थियो।धेरै गाहरो भयो उनिलाई ल्याउन। तर हिजो केहि मानिस् हरुको जमात् अगाडि उनिलाई सार्बजनिक् गर्दा सबैले खुशि माने। तर अझै पनि उनि नेपालमा बस्छिन् कि बस्दिनन् थाहा छैन। हामि सबै मिलेर उनिलाई खुशि बनायेर राख्नु पर्छ । नत्र फेरि भागिन् भने !!!!!!!
Photo from : tonyhowell.co.uk